चलचित्र ‘माया पिरिम’ मंसिर २० गतेबाट प्रदर्शनमा आउने, ट्रेलरमा कमेडी र एक्सन

Advertisement

काठमाडौं । ‘माया पिरिम’ चलचित्र मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । शुक्रबार सार्वजनिक गरिएको  चलचित्र ‘माया पिरिम’ केटी मान्छेको चक्कर र ट्रिपरको ठक्कर यि दुईटा चिजबाट बच्न साह्रै गाह्रो’ भन्ने संवाद हो ।

यस चलचित्रको ट्रेलरमा माया प्रेममा आउने उतारचढावसंगै कमेडी र एक्सनको समिश्रण छ। टेक पौरखी राईको निर्देशन रहेको फिल्म सविन अधिकारीले निर्माण गरेका हुन् ।

त्यस्तै, सागर बस्नेत र कोषराज दाहाल चलचित्रको कार्यकारी निर्माता हुन् भने चलचित्रको सह–निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन्। चलचित्रमा निरज कँडेलको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कोशिश क्षेत्रीको संगीत तथा शिशिर खातीको कोरियोग्राफी छ।

कोशिश र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङ लगायतको अभिनय रहेको फिल्मको एक गीत ‘फोटो खिचेर’ मा अभिनेता सलोन बस्नेत र मोडल अञ्जली अधिकारीले समेत नृत्य गरेका छन् ।

Advertisement

Advertisement

Advertisement