गरिमाले १३औं बर्ष प्रवेशको अवसरमा गर्यो देशभर रक्तदान कार्यक्रम

Advertisement

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो १३औं बर्ष प्रवेशको अवसरमा शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्यो । बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु वालिङ, बुटवल, बेनी, नारायणगढ, विर्तामोड, दमक, धरान, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

ती स्थानहरुमा भएको रक्तदान कार्यक्रमबाट पाँच सय युनिटभन्दा बढी रगत संकलन भएको बैंकले जनाएको छ । गरिमाले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement