प्राइम बैंकद्वारा शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । प्राइम कमर्सियल बैंकले १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को वित्तीय विवरण अनुसार वितरणयोग्य नाफाबाट हालको चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर दिन प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सन्तोष बरालले जनाएका छन् ।

बैंकको हालको चुक्तापूँजी ९ अर्ब ६८ करोड, ६८ लाख ५१ हजार ७ सय रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि बोनस शेयर वितरण गरिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement