केएल टावरस्थित 'क्युब थ्री' हलमा 'फोरके प्रोजेक्टर' जडान, नेपालकै पहिलो महंगो प्रविधि

Advertisement

काठमाडौं । चावहिल चुच्चेपाटीस्थित केएल टावरको एफक्युब सिनेमाजको क्युब थ्री हलमा नयाँ फोरके प्रोडेक्टर जडान गरिएको छ । मल्टिप्लेक्स सिनेमामा नयाँ प्रविधि भित्राउने क्रमममा फोरके प्रोजेक्टर जडान गरिएको सिनेमा घरका सञ्चालक सुन्दरकुमार श्रेष्ठले बताए ।

बेल्जियममा निर्मित युरोपको प्रविधि बार्को १९बी मोडलको प्रोजेक्टर नेपालमा अहिलेसम्मकै नयाँ, आधुनिक र महंगो प्रोजेक्टर भएको श्रेष्ठले बताए । यसको पिक्चर क्वालिटि पनि उच्चस्तरीय रहेको उनले बताए ।

फोरके प्रविधिको यो सिनेमा हल नेपाल भरीका सिनेमा हलहरुमा फरक बन्न पुगेको छ । यसमा साउण्डलाई सिटमा नै कनेक्सन गरिएकाले दर्शकहरुले अझ छुट्टै अनुभव गर्न सक्नेछन् । नयाँ प्रविधि भित्राएसँगै सिनेमा हलले ‘क्युब थ्री, फिल द थ्रील’ श्लोगन बनाएको छ ।

यसै अवसरमा हलमा ट्रिपल बिम नामक थ्रीडी डिभाइस पनि जडान गरिएको छ । यो अरु थ्रीडी डिभाइसभन्दा लाइट इफिसियन्सी धेरै भएको र अन्य चिनियाँ डिभाइसभन्दा महंगो पनि रहेको सञ्चालक श्रेष्ठको भनाई छ । क्युब थ्रीमा थ्रीडी फिल्म हेर्दा अध्यारो अनुभव हुँदैन् ।
एफक्युब सिनेमाजको तीन वटा हलमध्ये क्युब थ्री विशेष खालको रहेको छ । दर्शकहरुले पनि यही हल बढि मन मराउने गरेकाले यसमा थप विशेषता थप्न नयाँ प्रोजेक्टर जडान गरिएको श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement