यात्रु नपाएपछि बुद्ध एयरले काठमाडौं–कोलकाता उडान बन्द गर्यो

Advertisement

काठमाडौँ । यात्रु संख्या न्यून भएपछि बुद्ध एयरले काठमाडौं–कोलकाता उडान बन्द गरेको छ । घाटा हुँदाहुँदै पनि उडान सञ्चालन गर्दै आएको एयरलाइन्सले अन्ततः उडान बन्द गर्ने निर्णय गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतका अनुसार कोलकाता उडानबाट बुद्ध एयरलाई १० करोड रुपियाँभन्दा बढि घाटा भइसकेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी कम्पनीले उक्त उडान सुरु गरे पनि अधिकांश यात्रुहरु ठूलो जहाजबाटै यात्रा गर्ने गरेका कारण बुद्ध एयरले घाटा सहनु परेको हो । बुद्धले तत्काल भारतका अन्य गन्तव्यमा कुनै पनि उडान नगर्ने पनि जनाएको छ । उसले भारतको गुवाटीमा पनि उडान भर्ने योजना बनाएको थियो ।

Advertisement

Advertisement

Advertisement