काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पल मेला २०७६ आयोजना भईरहेको छ । नेपाली जुत्ताघरको आयोजनामा उक्त मेला मंसिरको ६ गतेबाट संचालन भएको हो । यो मेला १० दिनसम्म अर्थात् १६ गतेसम्म चल्लेछ ।
मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याड र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा जाडोको सिजनलाई लक्षित गरेर जुत्ताचप्पल राखिएको आयोजकको भनाइ छ ।
मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । उपभोक्ताले जुत्ताचप्पल किन्दा ब्राण्ड हेरेर किन्न समेत प्रबन्ध निर्देशक न्यौपानेले आग्रह गरे । मेलामा एक सय ५० रुपियाँदेखिका चप्पल र ५ सय रुपियाँदेखिका जुत्ताहरु उपलब्ध छन् ।
जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध हुने उनले जानकारी दिए । उनले भने – एकदिनमा २५० जोर जुत्ता बेचिरहेको हुन्छु । उनले अहिले मेलाको चार दिन बित्दा झण्डै छ लाखको जुत्ता बेचिसकेको बताए । उनले चार दिनमा २० हजार ग्राहकले भ्रमण गरेको पनि जानकारी दिए ।
सु ल्याण्ड कम्पनीका प्रवन्ध निर्देशक रमेश पाण्डेका अनुसार विशेष गरी लेडिज हिल तथा स्लिपर राखिएकाले चार सय रुपियाँदेखि नौ सय रुपियाँसम्मकको प्रोडक्ट उपलव्ध रहेको छ । पाण्डे भन्छन्– पोहोर सालको जस्तो उत्साहजनक बजार त छैन, त्यहि पनि दिनमा २० हजार रुपियाँसम्म बेचिएको छ ।
कम्पनीका अध्यक्ष पाण्डेले स्टक क्यियरेन्सको लागि मात्र उक्त सामान राखिएको बताए । उनले फेस सामान राखिएता पनि विशेष जो भनेको साइज तथा पुराना डिजाइनका जुत्ता चप्पल कटाउनु नै रहेको बताए ।
मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा लगन, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।
मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् । जुत्ता उत्पादक कम्पनीले हिउँदलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध छन् ।
जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको शिखर सुजका अध्यक्ष प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए ।
‘उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हो,’ प्रसाइले भने । १५० रुपियाँदेखि नौ हजार रुपियाँसम्मको जुत्ता किन्न सकिने बताए । उनले मेलाको चार दिन बित्दा झण्डै तीस हजारको जुत्ताचप्पल बेचिसकेको जानकारी दिए ।
ल्याण्ड वाल्क सुजका महाप्रवन्धक राजेन्द्र श्रेष्ठले आफ्नो ब्राण्ड चिनाउने तथा ग्राहकले सस्तोमा कुनै पनि जुत्ता तथा ट्राउजर ज्याकेटहरु उपलव्ध होस् भनेर मेला आयोजना गरिएको बताए । उनले भने – ल्याण्ड वाल्क कै स्टलमा दिनको २५० जना ग्राहकले अवलोकन गर्छन् । उनले यो ब्राण्डको जुत्ता चप्पल छ सय देखि एक हजार ९०० रुपियाँसम्मको उपलव्ध रहेको बताए । साथै, उनले एक दिनमा १०० जोरभन्दा बढी जुत्ता बेच्ने गरेको जानकारी दिए । उक्त ब्राण्डको जुत्ता खरिद गर्दा २० प्रतिशतसम्म छुट दिने महाप्रवन्धक श्रेष्ठले बताए ।