एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाको विजेता कोडहरु घोषणा

Advertisement

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’को एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत पाँच विजेता कोडहरुको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरबाहेक एनसेल ग्राहकले जनही दुई लाख रुपियाँ नगद पुरस्कार जितेका छन् ।

कष्टमर लोयल्टी योजनाअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि संचालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता दुई लाख र प्रत्येक महिना रु १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकहरुलाई एनसेलले शुक्रबार यही आउँदो शुक्रबारभित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा सय रुपियाँ वा यस भन्दा बढिको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको विजेता ग्राहकको पनि घोषणा गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement