स्वास्थ्य जाँच गर्न आएकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा मेडिसिटीका डाक्टर पक्राउ

Advertisement

ललितपुर । गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोको लगानी रहेको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत एक चिकित्सक बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । उक्त अस्पतालमा कार्यरत चिकित्सक डा. रोहितकुमार झा बलात्कार प्रयासको आरोपमा सोमबार पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार झालाई अस्पतालबाट नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ । झाले आइतबार स्वास्थ्य जाँच गर्न अस्पताल आएकी एक युवतीलाई इमरजेन्सी वार्डसँगैको कोठामा बलात्कार प्रयास गरेको बताइएको छ ।

पीडित युवतीले आफूलाई झाले यौन दुर्व्यवहार गरेको किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धानका लागि मंगलबार अदालतबाट म्याद थप गर्ने र दोषी देखिए कानुनी कारवाहीका लागि मुद्दा दर्ता गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement