भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो

Advertisement

काठमाडौं । नेपालले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको भ्रमणको औपचारिक निम्तो गरेको छ । रुस भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले रुसी राष्ट्रपति भुटिनलाई नेपाल भ्रमणको निम्तो गरेका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट पुटिनलाई औपचारिक नेपाल भ्रमणको निम्तो गरेका हुन् ।

रुसी विदेश मन्त्री सेर्गेई लाभ्रोबसँग द्धिपक्षिय हित र सहकार्यका बारेमा पनि छलफल गरेका छन् । नेपालले पछिल्लो समय पुराना मित्र देशहरुसँगको सम्बन्धलाई पुनस्थापित गर्ने प्रयास गरिरहेको छ । रुस नै त्यस्तो देश हो जसले मेची-महाकाली जोड्ने महेन्द्र राजमार्ग निर्माण आरम्भ गरिदिएको थियो । रुसले महेन्द्र राजमार्गको पथलैया–ढल्केबर खण्ड अनुदानमा निर्माण गरिदिएको थियो ।

Advertisement

Advertisement

Advertisement