निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडकमा कालोपत्रे शुरु

Advertisement

अत्तरिया । निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम शुरु भएको छ । उक्त सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र शुरु भएको हो ।

निर्माणाधीन सडकको लम्बाइ त्रिनगर भन्सारस्थित मोहनापुलदेखि अत्तरियासम्म झण्डै साढे १४ किलोमिटर छ । मोहना—अत्तरिया सडक मोहना पुलदेखि अत्तरियासम्म तीन टुक्रामा ठेक्का दिएर काम भइरहेको सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले बताए। उनका अनुसार मोहनापुलदेखि चौराहसम्म कालोपत्रको काम शुरु भइसकेकाले अन्य खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ । उक्त सडक दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सडक निर्माणको अवधि गत जेठमै सकिए पनि अहिलेसम्म अवधि नथपिएको प्रमुख एसीको भनाइ छ ।

सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले ढिलाइ भएकामा अहिले भने सडक निर्माणले तीव्रता पाएको छ । पहिलो चरणको ठेक्का शर्मा अमरनागार्जुन जेभीले तथा दोस्रो चरणको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको जनाइएको छ । सो सडक निर्माणको लागत अनुमान रु एक अर्ब ६८ करोड छ ।

Advertisement

Advertisement

Advertisement