कैलाश विकास बैंकद्वारा शेयरधनीहरुलाई १८.७७ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । कैलाश विकास बैंकले शेयरधनीहरुलाई १८.७७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर र २.७७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) समेत गरी उक्त लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जनाएका छन् ।

उक्त वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement