बीमा बजार विस्तार गर्न बीमा संस्थानले गर्यो तीन दिने अभिकर्ता तालिम

Advertisement

काठमाडौं । सरकारको मुख्य स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले आफ्नो बजार विस्तार गर्न क्रममा तीन दिने तालिमको आयोजना गरेको छ । यही मंसिर ७ देखि ९ गतेसम्म आयोजित उक्त तालिमको मुल विषय बीमाको महत्व, सिद्धान्त र प्रकार, बीमासम्वन्धी ऐन नियम, संस्थानका बीमालेखा, अभिकर्ताहरुको सेवा सुविधा, बीमाको बजारी तथा बिक्रयकला आदि विषयमा केन्द्रित थियो ।

देशका विभिन्न स्थानमा अभिकर्ताहरुको संख्या बढाउने क्रममा यो तीन दिने तालिम आयोजना गरिएको हो । पछिल्लो समयमा संस्थानले बीमा अभिकर्ताहरुको संख्या आक्रामकरुपमा बढाउँदै लगेको छ । अब सुर्खेत, धनगढी र नेपालगञ्जमा यो खालको तालिम सञ्चालन गरिनेछ ।

सोमबार सम्पन्न तीन दिने तालिममा संस्थानका नायव महाप्रवन्धक महेश रिमालले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । बीमा संस्थानले सावधिक जीवन बीमा, बालबच्चाको शिक्षा तथा विवाह जीवन बीमालेख, बालउमङ्ग जीवन बीमा, जीवन साथी जीवन बीमा, जीवन सुरक्षा जीवन बीमा जस्ता बीमालेखहरु बिक्री गरिरहेको छ । जन्मेदेखि टछ बर्षसम्म जुनसुकै उमेर समूहको जीवन बीमा संस्थानमा गर्न सकिने कुरा संस्थानले दावी गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement