सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम २९ करोडमा सीमित

Advertisement

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से शुन्य दशमलव ९१ अंकले घटेर एक हजार १०९ दशमलव १६ कायम भयो भने कारोबार रकम २९ करोड ५८ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडी रहेको छ । जसको कारोबार पाँच करोड ८१ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा सिटिजन बैंक रहेको छ । जसको कारोबार तीन करोड ८२ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ अर्थात् व्यापार समूहको सूचक तीन दशमलब ९९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने हाइड्रोपावर र बैंकिङ समूहको सूचकमा शुन्य दशमलवभन्दा धेरै प्रतिशतको सुधार आएको छ । बाँकी सबै समूहको सूचक शुन्य प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा साल्ट ट्रेडिङका लगानीकर्ता अगाडि छन् । कम्पनी छ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा युनियन हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । कम्पनी पाँच दशमलव ६६ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement