सुचना आयोगका पहिलो प्रमुख आयुक्त कसजुको निधन

Advertisement

काठमाडौं । सुचना आयोगका पहिलो प्रमुख आयुक्त एवं पत्रकार विनय कसजुको निधन भएको छ । निमोनियाका कारण मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको मंगलबार दिउसो निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकारिता विषयको प्राध्यापनसँगै साहित्य क्षेत्रमा पनि संलग्न कसजु छोटा कथा र बाल रचनामा रुची राख्थे । उनले झण्डै दुई दशकअघि नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा समेत काम गरेका थिए ।

Advertisement

Advertisement

Advertisement