२५ केजी सुन चोरी पैठारी गरी राजश्व चुहावट गर्ने ७ जना बिरुद्ध मुद्दा दर्ता, ३० करोड बिगो कायम

Advertisement

काठमाडौँ । २५ केजी सुन भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा संखुवासभाका तोप्के भोटे सहित ७ जना बिरुद्ध ३० करोड २६ लाख ५० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले मंगलबार संखुवासभा जिल्ला अदालत चैनपुरमा मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरीक कार्यालयबाट खटिएको टोलिले चेकजाँचको क्रममा तोप्के सहित रिञ्जीन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे क्यमा भोटे र डोल्मा भोटे समेतले शरिर तथा उनीहरुले बोक्ने झोलाबाट बिना विल बिजकको २५ किलो सुन बरामद गरेको थियो ।

२५ केजी सुनको मूल्य १५ करोड १३ लाख २५ हजार रुपैयाँ तथा विदेशी बिनिमय अपचलनको कसुरमा १५ करोड १३ लाख २५ हजार समेत जम्मा बिगो ३० करोड २६ लाख ५० हजार कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उक्त सुन ल्याउनेहरुले अबैध रुपमा विदेशमा भुक्तान गरी विदेशी बिनिमय अपचलन गरेको देखिएको हुँदा विदेशी बिनिमय(नियमित गर्ने) ऐन २०१९ को अफा ९ग र दफा १७ को उपदफा १ बमोजिम बिगोको तेब्बरसम्म जरिवान हुनु पर्ने माग दाबी सहित मुद्दा दर्ता गरेको विभागद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement