अनिश्चित भविष्य बाँचिरहेका श्रमिकहरुको सहारा हो सामाजिक सुरक्षा योजनाः बिष्ट

Advertisement

काठमाडौं । निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्टले सामाजिक सुरक्षा योजना अनिश्चित भविष्य बाँचिरहेका श्रमिकहरुको सहारा भएको बताएका छन् ।  सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले सामाजिक सुरक्षा कोषले आफ्नै पौरख र पसिनामा बाच्ने श्रमिकहरुको हितमा काम गरेको बताएका हुन् ।

उनले सामाजिक सुरक्षा योजनालाई सफल बनाउन आफु सधैँ श्रमिकहरुको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । बिष्टले आफु मन्त्री हुँदा सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि दैनिक जसो बिभिन्न क्षेत्रका छाता संस्था र संघ संगठनको नेतृत्वसँग निरन्तर छलफल गर्दै सहभागीताका लागि उद्येलित गर्दै आएका थिए ।

यस्तो छ निवर्तमान श्रम मन्त्री बिष्टको धारणा
आफ्नै पसिना र पौरखमा बाँच्ने मेहनतकश श्रमिकहरु, जो जोखिमपूर्ण जीवन र अनिश्चित भविष्यका साथ काम गरिरहेका छ्न, उनीहरुको सहारा हो-सामाजिक सुरक्षा योजना । जसको पूर्ण सफलताका लागि म सदैव श्रमजीवीको साथमा रहनेछु ।

Advertisement

Advertisement

Advertisement