सिडिएस एण्ड क्लियरिङको सेवा १३ गते बन्द हुने, राफसाफ रोकिने

Advertisement

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सेवा १३ गते केहिबेर बन्द हुने भएको छ । सिडिएसले सार्वजनिक सूचना प्रकाशित गरेर दिउँसो २ बजेदेखि १४ गते ५ बजेसम्म सम्पूर्ण सेवा बन्द हुन जानकारी दिएको हो ।

राष्ट्रिय सूचना प्रबिधि केन्द्रमा रहेका उपकरणहरु मर्मत गर्नु पर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसले जनाएको छ । २ बजेदेखि ५ बजेसम्म सिडिएएस, सिएनएस, मेरो सेयर र सि आस्बा सेवा बन्द हुनेछन् ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले सिडिएसको सर्भर डाउन हुँदा नियमित सेयर कारोबारमा कुनै असर नगर्ने बताए । यद्यपी सर्भर शुक्रबार डाउन हुन लागेको हो । उनले सेयर राफसाफको काम भने रोकिने जानकारी पनि दिए ।

Advertisement

Advertisement

Advertisement