नेपाल इन्फ्रास्ट्रक्चर बैंकः ८ अर्बको आइपीओ यसैपाली, चुक्ता पुँजी २० अर्ब

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । बैंक सञ्चालक समितिले आइपीओ निष्काशन प्रयोजनका लागि मंसिर २९ गते साधारण सभा डाकेको छ । बैंक सञ्चालक समितिको कात्तिक २५ गते सम्पन्न ५५ औं बैठकले आइपीओ निष्काशन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, बैंकले आफ्नो चुक्ता पुँजी पनि २० अर्ब पुर्याउने निर्णय पनि सोही साधारण सभाले गर्दैछ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ मात्रै छ । वृद्धि गरिएको सोही चुक्ता पुँजी बराबरको आइपीओ निष्काशन हुने बैंकका डेपुटी सिइओ भुपेन्द्र पाण्डेले बताए । साधारण सभाबाट निर्णय गरेपछि नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डबाट स्वीकृति लिएर आइपीओ निष्काशन गरिने पनि उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement