ओलीलाई भेट्न अस्पताल पुगिसकेका देउवालाई संक्रमण हुनसक्ने भन्दै भेट्न दिइएन्

Advertisement

काठमाडौं । सक्रमण हुनसक्ने भन्दै अस्पताल पुगिसकेका पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्‍त्री केपी ओलीलाई भेट्न रोकिएको छ । ओलीको स्वास्थ्यस्थिति बुझ्‍न अस्पताल पुगेका देउवाले ओलीलाई नभेटी फर्किएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको मंगलबार एपेण्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

शुल्कक्रियापछि मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सामान्य प्रशासनमन्त्री हृदयस त्रिपाठीले बुधबार प्रधानमन्त्री ओलीसँग अस्पतालमै भेटेका थिए ओलीको स्वास्थस्थितमा सुधार आइसकेको चिकित्सकहरुले बताइरहेको बेला अस्पताल पुगिसकेका देउवालाई भेट्न रोकिनु अर्थपूर्ण देखिन्छ । पछिल्लो समय देउवाले कालापानी लिपुलेकसहितको नेपाली भूभाग भारतीय नक्सामा भाग्न ओलीले नै अनुमति दिएको आरोप लगाउँदै आएका थिए ।

दुई नेताबीच कटुता बढेको बेलामा देउवा ओलीलाई भेट्न अस्पताल पुगेका थिए । ओलीका आफन्त तथा सहयोगीहरुले संक्रमणको जोखिम हुनसक्‍ने बताउँदै भेट्नका लागि तत्काल कठिन रहेको बताएपछि देउवा नभेटीकन फर्किएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार संक्रमणको जोखिम हुनेसक्ने भएकाले बाहिरी भेटघाटका लागि चिकित्सकले अनुमति नदिएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement