भारतबाट आउन छोडेपछि नेपालमा प्याजको मूल्यमा नयाँ रेकर्ड, किलोकै २५० रुपियाँ

Advertisement

काठमाडौँ । निरन्तर बढ्दै गएको प्याजको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । प्याजको खुद्रा मूल्य किलोकै २५० रुपियाँ पुग्दा उपभोक्ता मारमा परेका छन् । हरियो तरकारीको मूल्य घटिरहँदा प्याजको मूल्य बढ्नुको मूख्य कारण भारतबाट आयात नगन्य हुनु हो । प्याजमा यति धेरै मूल्य अहिलेसम्म नपुगेको व्यवसायी बताउँछन् ।

भारतले प्याजको निर्यात बन्द गरेको मौछा छोप्दै बिचौलियाहरुले प्याजको कालोबजारी गर्ने र मूल्य बढाउने काम गरेको कालिमाटी तरकारी विकास समितिका अधिकारीहरुको भनाई छ । समितिका सुचना अधिकारी विनय श्रेष्ठका अनुसार अरु धेरै तरकारीहरुको मूल्य घटेको बेला प्याजको यसरी बढ्नुमा भारतले निर्यात रोक्नु र यही मौकामा कालोबजारी हुनु हो ।

प्याजमा स्वदेशी उत्पादनले धान्न नसक्ने भएकाले चीन र भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । भारततर्फबाट आयात ठप्पजस्तै भएपछि नेपाली बजारमा प्याजको मूल्य आकासिएको हो । गएको करिव दुई महिनामै प्याजको मूल्य दोब्बरभन्दा बढि भई २५० रुपियाँ पुगेको छ । तर यही अवधिमा आलु, काउली, गोलभेंडा, भन्टा, करेला, बोडी आदिको मूल्य ५० प्रतिशतसम्म घटेको छ ।

प्याजको उत्पादन कम भएपछि भारतले निर्यात बन्द गरेको हो । प्रतिकुल मौसमका कारण भारतमा पनि प्याजको उत्पादनमा कमी आएको हो । त्यसको असर नेपाली बजारहरुमा पनि गर्न गएको छ । कालिमाटीमा मागको आधा मात्रै प्याज आइरहेको छ । मंगलबार कालिमाटीमा प्याजको थोक मूल्य ९२ देखि दुई सय रुपियाँ निर्धारण गरिएको छ भने खुद्रा बजार २५० रुपियाँसम्म बिक्री भएको छ । प्याज धेरै किसिमका परिवारहरुमा चाहिने भएकाले पनि यसको माग बढि हुने गर्दछ ।

प्याजको मूल्य बढेसँगै साना होटल तथा रेष्टुरेन्टहरुले समेत खानेकुरामा सामान्य मूल्यवृद्धि सुरु गरिसकेका छन् । दोलखाली खाजाा घर सञ्चालन गर्दै आएका एक चिया पसलेले प्याजको मूल्य बढेकाले २० रुपियाँ प्लेटमा बिक्री गर्दै आएको तरकारी तथा आलुको मूल्य २५ रुपियाँ कायम गरेका छन् । प्याजको मूल्य घटेपछि यस्ता खानेकुराको मूल्य घटाइने उनले बताए ।

Advertisement

Advertisement

Advertisement