मलाई काँग्रेसको माया लाग्छ, तर देउवाको बुद्धिले काँग्रेस सकिने भयो: प्रचण्ड

Advertisement

पोखरा । चुनाव प्रचारका क्रममा पोखरा आइपुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिले काँग्रेस नै हानी पुग्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको भन्ने प्रधानमन्त्री केपी ओलीको केही अघिको अभिव्यक्तिबारे टिप्पणी गर्दै प्रचण्डले उनको कडा आलोचना गरे ।

नेता प्रचण्डले देउवाकै अभिव्यक्तिले कास्की २ मा आफ्नो पार्टीकी उम्मेदवार विद्या भट्टराईको जित सुनिश्‍चित भएको पनि दावी गरे । देउवाले पोखरा आएर सरासर झुट कुरा गरेको भन्दै उनले भने, ‘यहाँ हाम्रा विपक्षी नेपाली कांग्रेसका नेताहरुले जसरी भाषण गर्नुभयो, त्यसले पनि हाम्रो विजय सुनिश्चित भएको देखेको छु ।’

आफ्नो पार्टीकी उम्मेदवारको विजय सुनिश्चित गराइदिएकोमा देउवालाई धन्यवाद दिँदै प्रचण्डले सर्वदलीय बैठक गर्दा राष्ट्रियताको विषयमा बैठक राखेर ओलीले राम्रो गरेको भन्दै देउवाले धन्यवाद दिएको स्मरण गरे । उनले भने, ‘उहाँ (देउवा)ले प्रधानमन्त्रीलाई यो बैठक डाकेकोमा ठिक छ, तपाईंलाई धन्यवाद, तपाईंले लिएको राष्ट्रियताको अडानमा पनि हाम्रो पूरै सहयोग हुन्छ भनेको मेरो कानमा अहिले पनि टिनिन्न बजिरहेको छ ।’

आफूले १२ बुँदे र बृहत शान्ति सम्झौता गरेको गिरिजाप्रसाद कोइरालाको पार्टी भएकाले कांग्रेसको चिन्ता लाग्ने प्रचण्डको भनाई छ । उनले यही बुद्धि काँग्रेसमा हुने हो भने नेपालको इतिहासमा नेपाली कांग्रेस किंवदन्ती बन्ने छ भन्दै त्यस्तो नहोस् भन्ने आफूले चाहेको बताए । प्रतिपक्ष पनि राम्रै ठाउँमा रहोस् भन्ने आफ्नो चाहना हो भन्दै प्रचण्डले तर देउवाको बुद्धिले त प्रतिपक्षमा पनि रहने छाँट देखियो भने ।

Advertisement

Advertisement

Advertisement