मुक्तिनाथले सञ्चालन गर्यो ‘संस्थागत’ र ‘व्यक्तिगत’ उपलब्धी खाता, यस्तो छ विशेषता

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धी खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धी’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।

पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ/संस्था, विभिन्न व्यापार/व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ/संस्था तथा विषयगत सहकारी संघ/संस्था लगायत अन्य संघ÷संस्थालाई लक्षित गरी ती खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौन्दात रु १,०००/– मा कुनै पनि माथि उल्लेखित संघ/संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ/संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यू बीमाको सुविधा प्रदान गर्ने जनाइएको । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निःशुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ ।

साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात रु १००/– मा संस्थाका सम्पूर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि रु ७ लाखको दुर्घटना मृत्यू बीमाको सुविधा प्रदान गरिन्छ । यसका साथै कुनै पनि संघ/संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाख मध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी विना धितो कर्जा सुविधा प्रदान गरिनेछ ।

व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिजा डेबिट कार्ड प्रदान गरिने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ/संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement