पानी जहाज, बल्क कार्गाे र इसिटिएस दिन भारत सहमत, यस्तो भयो ऐतिहासिक समझदारी

Advertisement

काठमाडौं । नेपाललाई भारतीय जलमार्गमा राष्ट्रिय ध्वजा बाहक पानी जहाज सञ्चालन गर्ने बाटो औपचारिक रुपमा खुला भएको छ ।  नेपाल र भारतीयबीच पारवहन सन्धि संसोधन गर्न बसेको प्राबिधिक समितिको बैठकले भारतको आन्तरिक जलमार्गमा नेपाली पानी जहाज सञ्चालन गर्ने सुविधा सहितको व्यवस्था सन्धिमा समावेश गर्ने सहझदारी भएको हो ।

बाणिज्य मन्त्रालयका सह सचिव नवराज ढकालका अनुसार अब नेपाली ध्वजा बाहक पानी जहाजहरुले भारतको कलकत्ता–बनारस, कलकत्ता–कालुघाट र कलकत्ता–साहिबगञ्जसम्म सञ्चालन गर्न पाउनेछ ।

त्यस्तै, अब बिराटनगर र भैरहवा भन्सारसम्म रेलबाट समान ढुवानी गर्ने बाटो पनि खुला भएको छ । यस अघि बल्क कार्गाे(रेलबाट समान ढुवानी)को सुविधा बिरगञ्ज नाकामा मात्रै थियो ।

त्यस बाहेक नेपाल र भारतबीच इसिटिएस(इलेक्ट्रोनिक कार्गाे ट्रयाकिङ सिस्टम) लागु गर्ने समझदारी पनि भएको छ । अब नेपाली व्यवसायीले तेश्रो मुलुकबाट ढुवानी गरेको समान भारतीय बन्दरगाह र भन्सार कार्यालयहरुमा खोलेर हेर्नुपर्ने छैन् । त्यसलाई विद्युतिय ट्रयाकिङ प्रणालीले नै चेकजाँच गर्र्नेछ ।

चार वटा मुल बिषयमा छलफल गर्न आयोजीत प्राबिधिक कमिटी बैठकमा नेपाललाई धम्रा र मुन्द्रा पोर्ट उपयोग गर्न दिन भने भारतले आनाकानी गरेको छ । भारतीय टोलीले आफ्नो उपल्लोस्तरमा थप छलफल गरेर यथासिघ्र टुंगो लगाउने आश्वासन मात्रै दिएको छ ।

Advertisement

Advertisement

Advertisement