अर्घाखाँचीमा बस दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु

Advertisement

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । अहिलेसम्म १० जनाको घटनास्थलमा नै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए ।

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो । घाइतेको उद्धार जारी रहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । रासस

Advertisement

Advertisement

Advertisement