‘दशैँमा डबलको डबलको डबल’ अफरको बम्पर बिजेता घोषणा, सप्तरीका खत्वेले पाए ४ लाख

Advertisement

काठमाडौँ । आइएमईले पर्व लक्षित गरी ल्याएको ‘दशैँमा डबलको डबलको डबल’ अफरको बम्पर बिजेता सप्तरीका वीरेन्द्र खत्वे घोषित भएका छन् । विहीबार राजधानीमा आयोजित एक समारोहका बीच सिस्टममा आधारित लक्की ड्र मार्फत खत्वे विजेता घोषित भएका हुन् । ।उनले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । सेवाग्राही खत्वेले पठाएको रकमको डबलको डबलको डबल अर्थात ८ गुणा रकम ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ सप्तरीकी सावित्रीदेवी मण्डलले पाएकी हुन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रुपमा स्टार्ट बटम क्लिक गरी विजेता छनौट गरेका हुन् । उक्त अवसरमा ग्रुपका अध्यक्ष ढकालले आइएमईले विदेशमा बसेर आर्जन गरेको पूँजीलाई बैंकिङ सञ्जाल मार्फत देशमा भित्र्याउन यस्ता योजना ल्याउने गरेको बताए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा सेवाग्राहीहरुको उल्लेख्य सहभागिता रहने गरेको बताए । ७७ दिनको योजना अवधिमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २३ जना, मासिक लक्की ड्र मार्फत ४ जना र बम्बर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभान्वित भएका छन् । आइएमईले गता भदौ १५ गते देखि कात्तिक मसान्तसम्म सेवाग्राहीमुखी उक्त अफर सार्वजनिक गरेको थियो ।

Advertisement

Advertisement

Advertisement