यातायात कार्यालयका शाखा अधिकृत भट्टराई सहित ५ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

Advertisement

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई सहित ५ जनालाई मुद्दा दर्ता गरेको छ ।

विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भनी तीन हजार घुस रकम लिएको सूचनाको आधारमा अख्तियारबाट खटिएको टोलीले घुस रकम लिने शाखा अधिकृत भट्टराई र दिने किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका शाखा अधिकृत भट्टराईले मोटरसाइकल नामसारी गर्ने प्रयोजनका लागि सनाखत गरि दिएबापत रिकन्डिसन हाउसको सम्पर्क कार्यालयमा गई विभिन्न प्रतिनिधिहरुमार्फत ३ हजार घुस लिएको पुष्टी भएको जनाइएको छ ।

उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर अपराध गरेकोले निज शाखा अधिकृत भट्टराईलाई बिगो ३ हजार कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय गरी उक्त ऐनको दफा ३ को उपदफा (१) बमोजिम बरामद भएको घुस रकम जफत हुन माग दाबी गरिएको छ ।

साथै, बिरेश अटो स्टेसनका प्रतिनिधि किरण देउला, दिप इन्टरप्राइजेजका प्रतिनिधि गणेशकुमार केसी खड्का, ब्रदर(ब्रो) रिकन्डिसन प्रालिका प्रतिनिधि सुरेश छुस्याकी र सिद्दी इन्टरप्राइजेजका प्रतिनिधि उत्तम विक्रम शाहीले शाखा अधिकृत भट्टराईलाई जरिवाना र कैद सजाय हुन समेत माग गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement