देवः विकास बैंकको नयाँ शाखा कावासोती तथा धादिङवेशीमा

Advertisement

काठमाडौं । देवः विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोती र धादिङको धादिङवेशीमा सञ्चालनमा आएको छ । कावासोती शाखा कार्यालयको बुधबार बैंक संचालक समितिका सदस्य सुदनरत्न बज्राचार्यले उदघाटन गरे ।

त्यस्तै, धादिङवेशी शाखाको उद्घाटन शाखाको उद्घाटन बिहीबार बैंक सञ्चालक समितिका अर्का सदस्य विजयराज शर्माले गरे । कावासोती शाखाको उद्घाटनका क्रममा बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा सञ्चालनमा ल्याइएको बताए ।

कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराम पोखरेलले नवलपुरमा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढाउँदा उद्योगी व्यवसायीहरुलाई समेत कारोबार गर्न सहज हुने बताए । धादिङवेशी शाखाको उद्घाटनका क्रममा शर्माले स्थानीय पूँजी परिचालन गरी साना तथा लघु लद्यम व्यवसायीहरुलाई आर्थिक परिचालनको लागि सहयोग गर्न बैंक तत्पर रहेको बताए ।

दुवै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक अभिवृद्धिमा टेवा पुर्याउन बैकिङ सेवालाई गाउँ तथा ग्रामीण क्षेत्रमा विकेन्द्रीकृत गरी स्थानीयस्तरमा उद्यमशीलताको विकास र आर्थिक अभिवृद्धि गर्नका लागि सहकार्य गरिने बताए ।

Advertisement

Advertisement

Advertisement