ग्लोबल आईएमई र जनताको एकीकृत कारोबारलाई राष्ट्र बैंकको अनुमति, देशकै ठूलो बाणिज्य बैंक बन्दै

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंक र जनता बैंकको एकीकृत कारोबारलाई नेपाल राष्ट्र बैंकले अनुमित दिएको छ । राष्ट्र बैंकको बुधबारको सञ्चालक समितिले ग्लोबल आईएमई र जनताको ‘बिग’ मर्जर अनुमोदन गर्दै एकीकृत कारोबार गर्न अनुमति दिएको हो ।

यस स्वीकृत गरेसँगै दुई बैंक मर्ज भएर बन्ने ग्लोबल आईएमई बैंक देशकै ठूलो बैंक बन्ने भएको छ । यस बैंकको चुक्ता पुँजी झण्डै १९ अर्ब रुपियाँ हुनेछ भने निक्षेप करिब दुई खर्ब १० अर्ब र कर्जा करिब दुई खर्ब पुग्ने छ । राष्ट्र बैंकले बिग मर्जरमा जान दिएको सल्लाहलाई ग्लोबल आईएमई र जनताले मात्रै स्वीकार गर्दै गएको असारमा मर्जर प्रक्रिया अघि बढाएका थिए ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमईका पाँच र जनताका दुई सञ्चालक रहने छन् भने ग्लोबल आईएमईका अध्यक्ष चन्द्र ढकाल नै अध्यक्ष रहने छन् । नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने जनताका अहिलेका सीईओ परशुराम कुँवर रहने छन् । ग्लोबल आइएमईमा कामु सीईओ रहेका महेश शर्मा डेपुटी सीईओ हुनेछन् ।

Advertisement

Advertisement

Advertisement