सरकारले प्रमाण देखाएर कालापानी दावी गर्ने, सरकारका प्रवक्ताले कोट्याए सुगौली सन्धीको कुरा

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक, लिप्पियाधुरा क्षेत्र प्रमाणसहित नेपालले दावी गर्ने बताएका छन् ।बिहिबार मन्त्रिको निर्णय सुनाउने क्रममा उनले यी क्षेत्रको अभिलेख बेलायतसँग पनि सुरक्षित रहेको भन्दै प्रमाणसहित भारतसँग नेपाली भूमि दावी गरिने बताए ।

यदि प्रमाण नपुगे त्यस्तो जमिन नेपाललाई नचाहिने उनले बताए । बास्कोटाले भने, ‘हामी सीमा समस्या समाधान गर्न लागि परेका छौं । यो अलि पूरानो समस्या रहेछ। हामीले जहिले थाहा पायौं, त्यहिलेदेखि नै पहल थालेका छौं ।’ उनले थपे, ‘हामीलाई कसैको एक इञ्च जमिन चाहिँदैन्, यदि हाम्रो प्रमाण पुग्दैन भने ।’

मन्त्री बास्कोटाले नेपालले भारतीय जमिनमाथि नेपालले दावी नगरेको भन्दै दुई देशबीचको पूरानो व्यवहार, सन्धी सम्झौता र उल्लेख भएका अन्य कुराहरुमा कालापानी क्षेत्र नेपालको भएको र हामीले जनगणना समेत गराएकोले समेत हाम्रै भूमि हो भने । उनले स्थानीय जनतासँग लालपूर्जा पनि होला भन्दै इष्ट इण्डिया कम्पनीसँग भएको सन्धी सम्झौताका आधारमा कालापानी क्षेत्र नेपालको हो भने ।

सुगौली सन्धीको धारा ५ ले नै सीमाना कहाँ हो ? स्पष्ट गर्छ भन्दै मन्त्री बाँस्कोटाले भने ‘कालापानी र लिपुलेक त प्रश्नै होइन्, त्यो त हाम्रो हुँदै हो। प्रश्न लिप्पियाधुराको हो। कुटनीतिमार्फत कुराहरु उठाएका छौं।’ यद्यपि उनले यो समस्या कहिलेसम्म हल हुन्छ ? अहिले मिति तोक्न नसकिने बताए ।

Advertisement

Advertisement

Advertisement