हेरचार र ब्लुबर्ड मार्टबीच सम्झौता, एकअर्काका ग्राहकलाई विशेष छुट दिने

Advertisement

काठमाडौँ । हेरचार डट कम प्रालि र ब्लुबर्ड मार्ट दरबारमार्गबीच एक अर्काका ग्राहकलार्इ बिशेष छुट दिने सम्झौता भएको छ । बुधबार ब्लुबर्डका तर्फबाट निर्देशक प्रेम पोख्रेल तथा हेरचारका तर्फबाट प्रबन्धक उत्सब भट्टराईले हस्ताक्षर गरेका हुन् ।

ब्लुबर्ड मार्ट दरबारमार्गले हेरचारका ग्राहकलाई त्यहाँ समान खरिद गर्दा र हेरचारले ब्लुबर्ड मार्टसंग सम्बन्धित ग्राहकलाई आफुले दिने सेवामा बिशेस छुट दिने सम्झौता भएको ब्लुबर्डका प्रबन्धक सचेत शाक्यले बताए ।

हेरचार एक व्यावसायिक सेवा प्रदायक कम्पनी हो । हेरचारले बिगत डेड बर्षदेखि व्यावसायिक घराना तथा आम जनतामा पर्ने समस्याहरु जस्तैः बिजुली बत्ति मर्मत, धारा पानी सम्बन्धि मर्मत, काठको फर्निचर मर्मत, रंगरोगन, सिसाको काम, अल्मुनियम सम्बन्धि काम साथै घर अफिस सरसफाई लगायत विभिन्न १२ किसिमका सेवाहरु दिदै आइरहेको हेरचारका प्रबन्धक भट्टराईले बताए ।

‘समस्या हामीलाई समाधान हजुरलार्इ’ भन्ने मूल नारा को साथ अगाडि बढेको हेरचारले आफ्नो ग्राहकको हरेक समस्या समाधानमा बिशेस ध्यान दिदै समयमै समाधान गर्दै आएको जनाएको छ । छोटो समयमै ५०० भन्दा बढी ब्यावसायिक घराना तथा ७०० भन्दा आम ग्राहकलाई सेवा दिदै आएको हेरचारले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement