एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाका विजेतालाई नगद पुरस्कार

Advertisement

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशालीमध्येका दुई ग्राहकहरुलाई बिहीबार जनही दुई लाख रुपियाँ नगद पुरस्कार वितरण गरेको छ ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि संचालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता दुई लाख र प्रत्येक महिना १० लाख रुपियाँ जित्ने मौका पाउँछन् ।

योजनाको पहिलो हप्ता (मंसिर १–७) का पाँच विजेता ग्राहकमध्ये बिहीबार दुई ग्राहकले जनही दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन् । बाँकी विजयी ग्राहकहरुले आवश्यक प्रमाणिकरणको प्रक्रियापछि उनीहरुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार पाउन सक्ने छन् ।

पहिलो हप्ताका पाँच विजयीमध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफूले पाएको नगद दुई लाख रुपियाँ पुरस्कार बिहीबार एक कार्यक्रममाझ ग्रहण गरेकी छिन् । त्यसैगरी एनसेल सेन्टर वीरगंजबाट बाराका मनोजकुमार यादवले पनि दुई लाख रुपियाँ पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा सय रुपियाँ वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले सय रुपियाँ वात्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक सय रुपियाँ बराबरको एक विषेश कोड एसएमएसमार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपियाँ रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले पाँच सय रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबीगर्नकालागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एक टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबारभित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

Advertisement

Advertisement

Advertisement