पोखरा फाइनान्सद्वारा शेयरधनीलाई १४.२० प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई १४.२० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को प्रिमियम कोषबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ७.२० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजनका लागि समेत) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङले जनाएका छन् ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र संस्थाका आगामी २३ औँ वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने जनाइएको छ । संस्थाको हाल कायम चुक्ता पूँजी ८५ करोड ७२ करोड ७२ लाख ६२१ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement