ग्लोबल आइएमई बैंकको एटिएम सेवा विराटनगर महानगरपालिका परिसरमा

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले विराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ । एटिएम विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो । बैंकले विराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ ।

बैंकले हाल १५३ वटा शाखा,३१ वटा एक्सचेन्ज तथा राजश्व संकलन काउण्टर, १५१वटा एटिएम, १९५ वटा शाखारहित बैंकिङ सेवार विदेशस्थित ३ सम्पर्करप्रतिनिधि कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement