सुनको मूल्य फेरी उकालो, यस्तो छ आजको बजार भाउ

,   १३ मंसिर २०७६, शुक्रबार, १०:५५ am   
gold-price-hike

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७१ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज तीन सय रुपियाँले बढेर प्रतितोला ७१ हजार तीन सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार १३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ८७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८५५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७३३ रुपियाँ कायम गरेको छ ।