मंसिर १९ गतेदेखि टाटा मोटर्सको तेस्रो ‘ग्लोबल सर्भिस क्याम्प’ आयोजना हुने

Advertisement

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको टाटा मोटर्स ‘ग्लोबल सर्भिस क्याम्प २०१९’ सुरु हुने भएको छ । शुक्रबार टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखरुद्ररुप मैत्रा तथा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक्त रुपमा उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४६ राष्ट्र लगायत नेपालका ३८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोबल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण जाँचहरु हुनेछ ।

मंसिर १९ देखि २१ गतेसम्म नेपालभर रहेका सिप्रदीका ५३ वटै सर्भिस सेन्टरमा एकैसाथ ग्लोबल सर्भिस क्याम्प हुन लागेको हो । टाटा मोटर्सले हरेक वर्ष संसारभरी रहेका आफ्ना सम्पूर्ण ग्राहकलाई उच्चस्तरीय सेवा दिने उदेश्यले ग्लोबल सर्भिस क्याम्प गर्दै आएको छ । विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा चौथो संस्करण हो ।

यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु छन् ।

यसैगरी क्याम्प अवधिमा ग्राहकले निःशुल्क सवारी जाँच सेवाहरु, विशेष ट्रेनिङ, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमलयागतका अन्य थुप्रै आकर्षक सेवा तथा सुविधाहरु पाउन सक्नेछन् । गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको ग्लोबल सर्भिस क्याम्पमा ग्राहकको स्वास्थ्य परीक्षण गर्नुको साथै रक्तदान कार्यक्रम पनि गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

सिप्रदी ट्रेडिङले यसै अवसर पारेर टाटा मोटर्स्को नवीनतम प्रस्तुति टाटा विंगर मिनि बसको औपचारिक उद्घाटन गर्नुका साथै साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न गर्यो ।

Advertisement

Advertisement

Advertisement