प्रभु बैंकको १९८औं शाखा विस्तार रसुवाको टिमुरेमा

Advertisement

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि रसुवा जिल्लाको टिमुरेमा १९८औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा गोसाईकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले उद्घाटन गरेका हुन् ।

यस बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकको टिमुरे शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

उक्त शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने र सर्वसाधारणमा बैंकिङ बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङप्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement