आर्थिकरुपमा सबल भएपो मिडिया निष्पक्ष हुन्छः सञ्चारमन्त्री, समानुपातिक विज्ञापन लागू गरिने

Advertisement

काठमाडौँ । सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आर्थिकरुपमा सबल भए भए मात्रै मिडिया निष्पक्ष हुने बताएका छन् । प्रेस काउन्सिलको बर्गीकरण ठिक नभएको भन्दै ज्ञापनपत्र बुझाउन आएको टोलीसँग कुरा गर्दै उनले नेपाली मिडिया निष्पक्ष नरहेको भन्दै त्यसको एउटा कारण आर्थिकरुपमा सबलीकरण नहुनु पनि हो भने ।

मिडियालाई स्वतन्त्रतासँगै आर्थिक रुपमा सबल बनाउनका लागि सरकारले समानुपातिक विज्ञापन प्रणालीसम्बन्धमा संरचना निर्माण गर्ने तयारी गरेको उनको भनाइ छ। मन्त्री बास्कोटाले पत्रपत्रिका वर्गीकरणमा निष्पक्ष नभएकाबारे सम्बन्धित निकायसँग जवाफ मागेर संवादका माध्यमबाट समाधान खोज्ने बताए । उनले कुनै पनि संस्थामा व्यक्ति ठूलो कुरा होइन, संस्था सही हुनुपर्छ भन्दै प्रेस काउन्सिलमा धेरै सुधार जरुरी रहेको बताए ।

मिडिया काउन्सिल विधेयक संसद्मा पेश गरी छलफल भइरहेका सन्दर्भ कोट्याउँदै बास्कोटाले काउन्सिललाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने बताए । उनले प्रेस काउन्सिलको अध्यक्ष पत्रकार नै हुनुपर्छ भन्ने जरुरी नरहेको बताउँदै नियम कानून कार्यान्वय गर्नसक्ने क्षमता भएको व्यक्ति हुनुपर्छ भने ।

नेपाल पत्रकार महासंघ, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको प्रतिनिधिहरुले काउन्सिलको बर्गीकरण ठिक नभएको भन्दै पुनः वर्गीकरणको माग गरेका छन् । उनीहरुका अनुसार आर्थिक वर्ष २०७४।७५ को पत्रपत्रिकाको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक ढंगबाट गरिएको भन्दै पुनः वर्गीकरण गर्न माग गरेको हो।

सरकारले हाल पत्रकारका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न मन्त्री समक्ष प्रस्तुत गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement

Advertisement