श्रीलंकाली राजदूतले भनिन्-‘आइटी र डिजिटल ट्रान्सफरमेशनको क्षेत्रमा सहकार्य गर्न तयार छौँ’

Advertisement

काठमाडौँ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलके र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच भेटवार्ता भएको छ ।

राजदूत अरुणतिलकेको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल र श्रीलंका दुबै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रियस्तरका व्यापार, लगानी र पर्यटनमा ठोस् योगदान दिन सक्ने देखिएपनि अपेक्षित मात्रामा व्यापार र लगानी बिस्तार हुन नसकेको बताए ।

नेपालको लुम्बिनी श्रीलंकाका जनताको धार्मिक आस्थाको केन्द्र भएको र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने र नेपाल भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटन एवम् सांस्कृतिक सम्बन्धको विकासमा दुबै देशबीच थप सहकार्यको संभावना रहेको अध्यक्ष मोरले भेटवार्ताको क्रममा बताए ।

बैँकिङ्ग, इन्स्योरेन्स र अन्य सेवा क्षेत्रको विकासमा दुबै मुलुकबीच यथेष्ट सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष मोरले यस क्षेत्रको विकासको सन्दर्भमा समेत परिसंघ सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

सो अवसरमा राजदूत अरुणतिलकेले श्रीलंकाले आइटी एवम् डिजिटल ट्रान्सफरमेशनको क्षेत्रमा धेरै विकास गरेको पृष्ठभूमिमा नेपालले यस क्षेत्रमा श्रीलंकासँग सहकार्य गर्न सक्ने सम्भावना रहेको बताइन् । यसको लागि नेपाल सरकार र निजी क्षेत्रसँग सहकार्यका लागि दूतावास आवश्यक पहल गर्न तयार रहेको विचार समेत व्यक्त गरिन् ।

Advertisement

Advertisement

Advertisement