दुई शैक्षिक सत्रको अतिरिक्त शुल्क मात्रै फिर्ता गर्ने सहमति विद्यार्थीहरुलाई अमान्य

Advertisement

काठमाडौं । चिकित्सा शिक्षा संघर्ष समितिले सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच भएको सहमति आपूmहरुलाई मान्य नभएको घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर समितिले दुई शैक्षिक सत्रको अतिरिक्त शुल्क मात्रै फिर्ता गर्ने सहमति आफूहरुलाई मान्य नहुने भन्दै मेडिकल कलेजहरुले अहिलेसम्म लिइएको अतिरिक्त शुल्क सबै फिर्ता हुनुपर्ने बताए । त्यसो नगरिए त्रिवि सम्बन्धन प्राप्त सबैमा कुनै पनि शैक्षिक कार्यक्रममा सहभागी नहुने उनीहरुले चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिले आगामी दिनबाट अझ कडा आन्दोलनका कार्यक्रम अगाडि बढाउने बताउँदै शैक्षिक सत्र २०७२÷७३ र ७३÷७४ का विद्यार्थीहरुको हकमा भएको फितलो सम्झौतालाई सच्याउन आग्रह गरेका छन् । नसच्याइए अस्पतालकेन्द्रित आन्दोलन गर्न पनि पछि नपर्ने उनीहरुले बताए ।

विद्यार्थीहरुको जायज मागलाई सरकारले बेवास्ता गरे संघर्ष समितिमा आजको दिनबाट योङ्ग डाक्टर एसोसिएसन (वाईडीए), डाक्टर सोसाइटी अफ नेपाल (डीसन), गोभरमेन्ट डाक्टर एशोसिएसन नेपाल (गोदान) लगायतका चिकित्सक संगठनहरुबीच एक ठाउँमा उभिएको हुँदा उक्त आन्दोलनमा चिकित्सकहरु पनि सामेल हुने आन्दोलन विद्यार्थीहरुको भनाई छ ।

संघर्ष समितिका संयोजक डा. मिलन गैरेले उक्त आन्दोलन डाक्टर पढ्नेको मात्रै नभएर नर्सिङ, फार्मेसी, ल्याब सबैको लागि भएको बताए । उनले निजी मेडिकल कलेज सञ्चालक र सरकारबीच भएको सहमतिमा अतिरिक्त शुल्क कसले गर्ने ? भन्ने स्पष्ट नभएको बताए । त्यस्तै, योङ्ग डाक्टर एसोसिएसनका अध्यक्ष चेतन बस्नेतले सरकारले गरेको सहमति मेडिकल कलेज सञ्चालकको लागि हो कि विद्यार्थीको हो ? भन्नेबारे स्पष्ट पार्नुपर्ने बताए ।

संघर्ष समितिका महासचिव अनिल सिन्हाले सरकारसँग भएको सहमति अनुसारको बढि शुल्क तुरुन्त फिर्ता गर्नुपर्ने, त्यसमा ढिलाई गरे आफूहरुले आन्दोलनलाई सबै सरकारी अस्पतालसम्म पुर्याउने चेतावनी दिए । उनले निजी चिकित्सालयले श्रमशोषण गरेकाले सबै मेडिकल अफिसरहरुको तलब सरकारले तोकेअनुसार हुनुपर्नेमा जोड दिए ।

Advertisement

Advertisement

Advertisement