प्रचण्ड ६० जनालाई नेतृत्व गर्दै फेरि चीन जाने

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपा एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६० सदस्यीय टोलीको नेतृत्व गर्दै फेरि चीन जाने तयारी गरेका छन । चिनियाँ कम्युनिस्ट पार्टीले निम्ता गरेको भन्दै प्रचण्ड जम्बो टोली लिएर चीन जान लागेका हुन् ।

मंसिर २४ गते चीन जाने प्रचण्ड नेतृत्वको टोली १० दिन त्यही रहने छ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीसँग चिनियाँ राष्ट्रपति सी चिनफिङको विचार अर्थात सी विचारधाराबारे छलफल गर्नेले छ । चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच केही समयअघि भएको सहमतिअनुसार प्रचण्ड चीन जान लागेको सो पार्टीले जनाएको छ ।

प्रचण्ड नेतृत्वको टोलीमा नेकपाका स्थायी समिति सदस्य भीम रावल, टोपबहादुर रायमाझी, रघुजी पन्त, प्रेम आले, यज्ञराज सुनुवार, भानुभक्त जोशीलगायत छन्। प्रचण्डले नेपाल–चीन पत्रकार फोरमको कार्यक्रममा आफू पुनः चीन जान लागेको खुलासा गरेका हुन् । सत्तामा हुँदा र नहुँदा उनी पटक पटक चीन गइसकेका छन् ।

Advertisement

Advertisement

Advertisement