सरकार र निजी क्षेत्रबीचको सहकार्य तुलनात्मक रुपमा बढेको छः शेखर गोल्छा

Advertisement

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रबीचको सहकार्य तुलनात्मक रुपमा बढेको बताएका छन् ।

उनले भने– ‘निजी क्षेत्रले सरकारको कमजोरी देख्ने र सरकारले निजी क्षेत्रलाई बढी ब्यापारमुखी भएको देख्ने प्रबृत्ति भने अझै पनि छ ।’ गोरखापत्र दैनिकसँगको अन्तरवार्ताका क्रममा उनले यस्तो कुरा बताएका हुन् ।

उद्योग, व्यवसाय र लगानीसँग सम्बिन्धित पुराना कानूनमा सुधार आउँदा पिन त्यसको लाभ निजी क्षेत्रले लिन नसकेको सन्दर्भमा उनले अहिले धेरै कानूनमा सुधार आएको बताएका हुन् । श्रम कानूनमा लचकताको कुरा समावेश छ, तर उत्पादकत्वको कुरा भने छैन–उनले अन्तरवार्ताको क्रममा भनेका छन् ।

कर प्रणालीका सम्बन्धमा दुई खाले समस्या देखिन्छ, एउटा मनोबैज्ञानिक पक्ष के भने निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण हो, जुन देशमा निजी क्षेत्र माथि भरोसा र सम्मान छ, त्यो देशको अर्थतन्त्रले प्रगति गरिरहेको हुन्छ–उनले भने ।

कर्पोरेट करका विषयमा धेरै द्विविधा रहेको उल्लेख गर्दै उनले औद्योगिक व्यवसाय ऐनमा दिइएका कतिपय छुट अन्य कानूनले काटेको अवस्था रहेको बताए ।

नेपालमा व्यवसायको लागत उच्च छ, उनले भने– ‘हामी कहाँ उद्योगको नाफा प्रतिस्पर्धी छैन ।’

Advertisement

Advertisement

Advertisement