सुनको मूल्य बढ्ने क्रम जारी, चाँदीको स्थिर

,   १५ मंसिर २०७६, आईतवार, १०:४८ am   

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७१ हजार तीन रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज तीन सय रुपियाँले बढेर प्रतितोला ७१ हजार छ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार तीन सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३८५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार १३० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८५५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७३३ रुपियाँ कायम गरेको छ ।