नेपाल बंगलादेश बैंकको वार्षिक साधारण सभा पुस ७ गते, बैठक भत्ता परिमार्जन गरिने

Advertisement

काठमाडौँ । नेपाल बंगलादेश बैंकको पच्चीसौँ वार्षिक साधारण सभा पुस ७ गते हुने भएको छ । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बिहान १० बजे राष्ट्रिय सभागृह काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् ।

सञ्चालक समितिको निर्णय अनुसार आव २०७५/७६ को नाफाबाट ७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर सम्बन्धी प्रस्ताव साधारण सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि मंसिर २६ गते १ दिन शेयर दाखिल खारेज(बुक क्लोज) गर्ने जनाइएको छ ।

साधारण सभामा सञ्चालक समितिको बैठक भत्ता लगायतका सुविधा समयानुकूल परिमार्जन गरी नियमावली संसोधन गर्ने र बैंकमा अर्को कुनै बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष विशेष प्रस्ताव प्रस्तुत गरिने कम्पनी सचिव पौडेलले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement