राष्ट्र बैंकले सोमबार तीन अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ३ अर्ब १३ करोड रुपियाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो ।

बैंकले ३ अर्ब १३ करोड रुपियाँ बराबरको ९१ दिने अवधिको लागि ट्रेजरी बिल विक्री गर्न लागेको हो । ट्रेजरी बिल अनलाइन बोल–कबोलका आधारमा मंसिर १६ दिउँसो २ बजे विक्री गरिने छ भने बिलको निष्कासन मंसिर १७ मंगलवार गरिने छ। बिल आगामी फागुन २० मा परिपक्व हुनेछ।

ट्रेजरी बिल छोटो अवधिको सरकारी ऋणपत्र हो। यो सधैं एक वर्षभन्दा कम अवधिको हुन्छ। सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा यस्तो ऋणपत्र जारी गर्ने गर्छ।
राष्ट्र बैंकले आवश्यकताअनुसारको समयमा ट्रेजरी बिल जारी गर्न सक्छ।

ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको हुन्छ। तर नेपालमा २८ दिने बिल भने धेरै प्रचलनमा छैन। बैंकले यही मङ्सिर ९ गते पनि पनि टे«जरी बिल बिक्री गरेको थियो ।

Advertisement

Advertisement

Advertisement