सेयर बजारमा सामान्य सुधार, कारोबार रकम २० करोडमा सीमित

Advertisement

काठमाडौं । आज साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से शुन्य दशमलव ०७ अंकले बढेर एक हजार ११२ दशमलव ८५ कायम भयो भने कारोबार रकम २० करोड ६३ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा नविल बैंक अगाडी रहेको छ । जसको कारोबार एक करोड ७५ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनएउमबी बैंक रहेको छ । जसको कारोबार एक करोड ७३ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज जीवन बीमा समूहको सूचक दुई दशमलब ६१ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने हाइड्रोपावर, होटल, अन्य, फाइनान्स, उत्पादनमूलक समूह शुन्य दशमलवभन्दा धेरै प्रतिशतको सुधार आएको छ । त्यस्तै, ट्रेडिङ समूहका सूचकमा दुई दशमलब ८७ प्रतिशतले ओरालो लागेको भने बाँकी सबै समूहको सूचक शुन्य प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ता अगाडि छन् । कम्पनी चार दशमलब ७३ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा युनियन घेडिघोडा लघुवित्तका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलव ९० प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement