२०-२० हजार घुस लिने कम्पनी रजिष्ट्रारको कार्यालयका २ सहायक रजिष्ट्रार बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । सेवाग्राहीसँग घुस लिने कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिष्ट्रार सीताराम खड्का बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । सेवाग्राही सँग २० हजार घुस लिएको पुष्टी भएपछि आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

यसैगरी सोही कार्यालयका अर्का सहायक रजिष्ट्रार टंकबहादुर भट्टराईलाई पनि सेवाग्राहीको कम्पनी अध्यावधिक गर्ने काममा २० हजार घुस लिएको तथ्य पुष्टी भएको भन्दै आइतबार नै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । साथै सेवाग्राही सुनिल आचार्यलाई समेत घुस उपलब्ध गराएको र ऋण सापटीको कागजात समेत तयार गर्न सहयोग गरेको हुँदा उनी विरुद्ध समेत मुद्दा गरिएको आयोगले जनाएको छ । अभियुक्तहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड क बमोजिम जरिवाना र कैद सजायको माग दाबी सहित मुद्दा दर्ता गरिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आइतबार नै ललितपुर महानगरपालिका वडा नम्बर २८ का इञ्जिनियर महेन्द्र महर्जन विरुद्ध सेवाग्राहीको घर निर्माण सम्पन्न भएपछिको प्रमाण पत्र लिन रकम लाग्न भनी १० हजार घुस लिएको उजुरीका आधारण्मा मुद्दा दर्ता गरिएको बताए ।

यता, वारा जिल्लाको आदर्श कोतवाल गाउँ पालिका वडा नम्बर ६ का वडा सचिव रामएकवाल प्रसाद यादव र कार्यालय सहयोगी दिनेश हजरालाई बृद्ध भत्ता तथा विधवा भत्ता वितरण गरे बापत प्रत्येक व्यक्तिसँग घुस दिएको उजुरीका आधारमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ । उनीहरु बिरुद्ध १२ हजार ६ सय ४८ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको हो ।

Advertisement

Advertisement

Advertisement