बागमती पुलको ठेक्का तोडिएपछि पप्पुको प्रतिक्रिया-‘कमजोरी सरकारी पक्षको, दोषजति निर्माण व्यवसायीलाई’

Advertisement

काठमाडौँ । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले तीनकुने स्थित बागमती पुलको ठेक्का तोडेको प्रति निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिले ध्यानाकर्षण जनाएको छ ।

आयोजनाले खरिद ऐनको दफा ५९(७) अनुसार ठेक्का तोडिएको उल्लेख गरी मंसिर ४ गते सूचना प्रकाशित गरेको थियो । यो दफामा सम्झौता बमोजिम काम शुरु नगरेमा, काम शुरु गरी बीचैमा छोडेमा वा सम्झौता बमोजिम कामको प्रगति नगरेको अवस्थामा सार्वजनिक निकायले जुनसुकै बखत सम्झौता गर्न सक्ने उल्लेख छ, तर आयोजना आफैँले साइट क्लियर नगरेको र डिजाइन रिभ्यूका लागि भन्दै काम रोक्न निर्देशन दिएकाले यो कानूनी व्यवस्थालाई आधार बनाएर ठेक्का तोड्नु गलत भएको पप्पुद्वारा सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिको स्थलगत अध्ययन अवलोकन भ्रमण प्रतिवेदनले समेत इञ्जिनियरिङ अध्ययन संस्थानको डिजाइनका आधारमा निर्माण कार्य अघि बढाउन २०७६ जेठ ३१ गते निर्देशन दिएकोमा आयोजनाले यो निर्देशन समेत बेवास्ता गर्दै ठेक्का तोडेको पप्पुले उल्लेख गरेको छ ।

आयोजना आफैँले पटक पटक सम्झौता र निर्णय उल्लंघन गर्दा विवाद बढेको र सरकारी पक्षको कमजोरीमा समेत निर्माण व्यवसायीलाई दोषी देखाउन खोज्नु दुराग्रहपूर्ण प्रक्रिया भएको पप्पुले आरोप लगाएको छ ।

Advertisement

Advertisement

Advertisement