शिवराज श्रेष्ठमाथिको छानविन प्रतिवेदन भोलि पेश हुने, यस्तो छ सम्भावना

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न गठित समितिको म्याद भोलि अर्थात मंसिर १७ गते सकिँदैछ । राष्ट्र बैंक सञ्चालक समितिले एक महिनाको म्याद तोकेर कात्तिक १८ गते ३ सदस्यीय छानविन समिति बनाएको थियो ।

सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण सदस्य रहेको छानबिन समितिले भोलि प्रतिवेदन पेश गर्दैछ ।

श्रोतका अनुसार श्रेष्ठलाई विदेश भ्रमण, आन्तरिक खरिद प्रक्रियामा दोषी करार गरिने सम्भावना रहेको छ । उनी सम्पति सुद्धिकरणमा सघाएको आरोपमा पनि दोषी करार हुने सम्भवना रहेको श्रोतले बतायो ।

उनले डेपुटी गभर्नरका रुपमा रहेका अन्य निर्णयहरुमा भने तलैबाट टिप्पणी उठाउँदै ल्याएकाले श्रेष्ठसँगै अरु थुप्रै कर्मचारी पनि तानिने सम्भावना रहेको श्रोत बताउँछ । ‘श्रेष्ठका हरेक निर्णयमा तलबाटै टिप्पणी उठाउँदै ल्याईएको छ, उनले केहि फाइललाई सञ्चालक समितिसम्मै पुर्याएका छन्, उनी आफैं निर्णय गर्ने खालका व्यक्ति होइनन्’, श्रोतले भन्यो ।

यद्यपी प्रतिवेदनले उनलाई दोषी करार गरेर पदमुक्त गर्न सिफारिस गर्न सक्ने सम्भावना रहेको बताइन्छ ।

Advertisement

Advertisement

Advertisement