हुन्डाईको ‘विनर डिलाइट’ योजना सार्वजनिक, नगद छूटका साथै अन्य आकर्षक सुविधा

Advertisement

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई विनर डिलाइट’ योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउनेछन ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा र एक वर्ष सम्मको निशुल्क सडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । चिसो मौसममा पनि यस ‘हुन्डाई विनर डिलाइट’ योजनाले ग्राहकवर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

चिसो मौसममा पनि यस ‘ह्युन्डाइ विन्टर डिलाइट’ योजनाले ग्राहक वर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहक वर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस ‘ह्युन्डाइ विन्टर डिलाइट योजना’ मार्फत पनि ग्राहकलाई विभिन्न सेवासुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागि मात्र लागू हुनेछ ।

Advertisement

Advertisement

Advertisement