सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको कारोबार

सुनको मूल्य फेरी घट्यो

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ७१ हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ७१ हजार चार सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार एक सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार २१५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ९६० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।